१० वर्ष कैद तोकिएका फरार प्रतिवादी गोकर्णेश्वरबाट पक्राउ
बुधबार, २८ माघ २०८२, १७ : ४८
सारांश
- प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दोलखाका धावा छिरिङ लामा रहेका छन्, उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको हो।
- जिल्ला अदालत दोलखाले उनलाई २०७४ मा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेको थियो।
काठमाडौँ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको शैलुङ गाउँपालिका– ४ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने धावा छिरिङ लामालाई पक्राउ गरेको हो ।
छिरिङमाथि जिल्ला अदालत दोलखाले २०७४ पुस ४ गते डाँका र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई अदालतले जनही १० वर्ष कैद र १ लाख १ सय उनानब्बे रुपैयाँ जरिवाना भराउने ठहर गरेको थियो । अदालतको सो फैसला लगत्तै फरार घिसिङलाई मंगलबार प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
राकेश उपनाम भएका छिरिङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण