सन्डरल्याण्डविरुद्ध लिभरपुल १–० ले विजयी
बिहीबार, २९ माघ २०८२, ०४ : ०५
सारांश
- आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १-० ले पराजित गरेको छ।
- भर्जिल भान डाइकले खेलको एकमात्र गोल गरे।
- जितसँगै लिभरपुलको ४२ अंक पुगेको छ।
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल भर्जिल भान डाइकले गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा अग्रता बनायो । खेलको ६१औँ मिनेटमा भान डाइकले गोल गर्दै टोलीलाई जित दिलाए ।
बाँकी समयमा सन्डरल्याण्डले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन । यस जितसँगै लिभरपुलको ४२ अंक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण