थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
बिहीबार, २९ माघ २०८२, १३ : ३१
काठमाडौँ । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जाल मार्फत आक्रमणमा एकजना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ ।
प्रहरीका आुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।
सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीहरूलाई बन्धक बनाएको सङ्केत जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण