‘पावरप्लेमा राम्रो ब्याटिङ नहुनु र मध्यक्रममा छिटै विकेट जाँदा इटालीसँग हार्यौँ’
काठमाडाैँ । टी २० विश्वकपअन्तर्गत इटालीसँग लज्जापूर्ण हारपछि नेपालका ब्याटर आरिफ शेखले पावरप्लेपछि मध्य क्रमले राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण रहेको बताएका छन् ।
भारतमा जारी विश्वकपको समूह ‘सी’ को दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोरी मानिएको इटालीसँग नेपाल बिहीबार १० विकेटले पराजित हुन पुग्यो । त्यो हारपछि पत्रकार सम्मेलनमा आरिफले पावर प्लेमा राम्रो ब्याटिङ गर्न नसक्नु र मध्य क्रम पनि छिट्टै कोल्याप्स हुँदा नतिजा गुमाउनु परेको बताए।
तल्लो मध्यक्रममा लगातार विकेट छिटै गुमाएपछि खेलमा फर्कन नसकिएको उल्लेख गरे । उनले इटालीका स्पिनरले राम्रो बलिङ गरेको भन्दै तारिफ पनि गरे । ‘मध्य क्रममा मैले र दीपेन्द्र (सिंह ऐरी) ले इनिङ अगाडि बढाउन खोजेका हौँ । तर, दीपेन्द्र आउट भएपछि इनिङ धरासयी भयो । यहाँबाट हामी सम्हालिन सकेनौँ,’आरिफले भने । उनले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
अब नेपालले समूहको तेस्रो खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्टकल्यान्डसँग खेल्नेछ । नेपालका स्पिनर सन्दीप लामिछाने आज खराब दिन बनेको उल्लेख गर्दै कमजोर लक्ष्य रक्षा गर्ने क्रममा छिटै विकेट निकाल्न असफल भएको प्रतिक्रिया दिए ।
‘न्यून लक्ष्य रक्षा गर्दा पहिलो ओभरदेखि नै उत्कृष्ट बलिङ गर्नुपर्छ । हाम्रा बलरसँग यो लक्ष्य पनि रक्षा गर्ने क्षमता पछि छ । तर, त्यस किसिमको प्रदर्शन आउन सकेन,’सन्दीपले भने, ‘यो खराब प्रदर्शनको जिम्मेवारी म पनि लिन्छु । इटाली आज राम्रो योजनामा आएको रहेछ । त्यसमा सफल पनि भयो । आज हाम्रो खराब दिन पनि रह्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण