अहिले नेता मात्रै होइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ : महामन्त्री घिमिरे
सारांश
- कांग्रेस महामन्त्री घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीलाई रूपान्तरण गर्ने बताए।
- उनले पार्टीमा नीति परिवर्तन गरी युवा पुस्ताको आवाजलाई समेट्ने प्रतिबद्धता जनाए।
- घिमिरेले कांग्रेसको पुनर्जागरणले निर्वाचनमा प्रभाव पार्ने र देशलाई सही दिशा दिने धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि महामन्त्री घिमिरेले अब कांग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।
उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै होइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौँ ।’
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ठ भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको बताए।
उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठुला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।’
महामन्त्री घिमिरेले जेन्जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठुलो कुर्बानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
उनले जेन्जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापूर्वक पार्टीले लिएको बताए ।
‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मूल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण