निर्वाचनलाई भयरहित बनाउन आईजीपी कार्कीको निर्देशन
सारांश
- प्रहरी महानिरीक्षकले निर्वाचनको समयमा शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन्।
- उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन र सूचना संकलनलाई प्राथमिकता दिन जोड दिए।
- निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न र सुरक्षा व्यवस्थापनमा ध्यान दिन निर्देशन छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूलाई चिर्न र समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रभावकारी प्रहरी परिचालनका लागि निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी युनिटहरूलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षालाई राष्ट्रिय सङ्कल्पको रूपमा लिएर त्रुटिरहित कार्यसम्पादन गर्न आदेश दिएका हुन्।
निर्वाचनको समयमा सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा संवेदनशीलताको मसिनो विश्लेषण गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।महानिरीक्षक कार्कीले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने बताएका छन्।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र अवाञ्छित गतिविधिमा संलग्न हुने जोसुकैलाई तत्काल कानुनी दायरामा ल्याउन उनले कडा निर्देशन दिएका छन्। प्रहरीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार र प्रतिबद्ध भई जिम्मेवारी वहन गर्नुपर्ने र निर्वाचनमा थप मद्दतका लागि खटिने प्रहरी कर्मचारीको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
कुनै पनि निर्वाचन क्षेत्रमा हुन सक्ने अनपेक्षित घटनाहरूलाई सम्बोधन गर्न पूर्वअभ्यास र सूचना विश्लेषणलाई तीव्रता दिँदै प्रहरी टोली सदैव तयारी हालतमा रहनुपर्ने कार्कीले उल्लेख गरेका छन्। सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ र अवैध हातहतियार बरामदका लागि विशेष सुरक्षा योजना कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अपराध नियन्त्रणका लागि प्रहरीको बलियो उपस्थितिसँगै संयुक्त सुरक्षा परिचालनमा समेत थप क्रियाशील हुन उनले मातहतका निकायलाई सचेत गराएका छन्।
सो क्रममा महानिरीक्षक कार्कीले सातै प्रदेशका प्रहरी प्रमुखहरूसँग शान्ति सुरक्षाको वर्तमान अवस्था र निर्वाचन तयारीबारे जानकारी समेत लिएका थिए। कार्यक्रममा काठमाडौँ उपत्यका, सातै प्रदेश, राजमार्ग सुरक्षा, तालिम केन्द्र र ७७ वटै जिल्लाका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो। निर्वाचनको मुखमा प्रहरी प्रमुखबाट आएको यो निर्देशनले सुरक्षा संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण