सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बलात्कार र ठगीको अभियोग लागेका हरमीत सिंहको पक्षमा अदालतले दिएन आदेश

शुक्रबार, ०१ फागुन २०८२, १४ : २४
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । भारतको पञ्जाब र हरियाणा उच्च अदालतले बलात्कार र ठगीको अभियोग लागेका सनौरका विधायक हरमीत सिंह पठानमाजराको नाममा आदेश दिन अस्वीकार गरेको छ।

उच्च अदालतका न्यायाधीश त्रिभुवन दहियाको इजलासले शुक्रबार सिंह विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज एवं फरार व्यक्ति घोषणा गर्ने आदेश खारेज गर्न अस्वीकार गरेको हो ।

१२ फेब्रुअरी २०२६ मा फैसला सुनाउँदै न्यायाधीश दहियालको इजलासले भनेको छ, 'गम्भीर अपराधको आरोप लागेका याचिकाकर्ताले जानाजानी अनुसन्धान प्रक्रियाको अवहेलना गरेका छन् र उनी फरार छन्। उनी जालसाजीपूर्ण माध्यम अपनाएर देशबाट बाहिरिएको आरोप पनि छ । यस्तो अवस्थामा उनी विरुद्ध पक्राउ पुर्जी जारी गर्नुलाई उत्पीडन मान्न सकिँदैन, बरु अनुसन्धानका लागि उनको उपस्थिति सुनिश्चित गर्न यो आवश्यक छ ।'

यो मुद्दा २०२५ सेप्टेम्बर १ मा पटियालाको सिभिल लाइन्स पुलिस स्टेशनमा दर्ता भएको एफआईआर सँग सम्बन्धित रहेको छ । जिरकपुरकी एक महिलाले पठानमाजरामाथि विवाहको प्रलोभन देखाएर शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन् । उनी विरुद्ध बलात्कार, ठगी र आपराधिक धम्की अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

विधायक पठानमाजरालाई सुरुमा हरियाणाको करनालबाट पक्राउ गरिएको थियो । तर, उनी प्रहरीमाथि आक्रमण गरेर हिरासतबाट भाग्न सफल भएका थिए । त्यसपछि उनी गैर कानुनी बाटो प्रयोग गर्दै भारत छोडेर हाल अस्ट्रेलियामा लुकेर बसेको बताइएको छ । अदालतले उनलाई २० डिसेम्बर २०२५ मा ’फरार अपराधी’ घोषित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप