दलहरुको मुख्य एजेण्डा ‘जलवायु परिवर्तन’ हुनुपर्छ : सांसद शाक्य
काठमाडौँ । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले राजनीतिक दलहरुले आ–आफ्नो चुनावी घोषणापत्रमा ‘जलवायु परिवर्तन’ एजेण्डालाई समावेश गर्न सुझाव दिएकी छन् ।
राष्ट्रिय सभाको १९औँ अधिवेशनमा शुक्रबार उनले यस्तो यस्तो सुझाव दिएकी हुन् । ‘चुनावको माहोल नजिकिँदै छ । राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्रमा अब शिक्षा, स्वास्थ्य र पूर्वाधारका पुरानै शैलीका कुरा मात्र गरेर पुग्दैन । अबको मुख्य एजेण्डा ‘जलवायु परिवर्तन’ लाई बनाउनुपर्छ।उनले भने ।
सांसद शाक्यले वैज्ञानिक रुपमै अत्याधिक हरितगृह ग्यास उत्सर्जनले पृथ्वी तातिरहेको तथ्य प्रमाणित भएको भन्दै त्यसको गम्भीर मारमा नेपाल सबैभन्दा अग्रपङ्क्तिमा रहेको उल्लेख गरिन् ।
‘जलवायु परिवर्तन केबल वातावरणको विषय मात्र होइन यो हाम्रो खाद्य सुरक्षा, जनस्वास्थ्य, बसाइसराई, रोजगारी र समग्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको औसत अधिकतम तामक्रम विगत चार दशकमा २ दशमलब ४ डिग्री सेल्सियसले बढेको छ,’ उनले भने,‘जलवायु अनुसन्धानको एक अध्ययनले यही अवस्था रहे सन् २०५० सम्म नेपालको कुल ग्रार्हस्थ्य उत्पादन १८ प्रतिशतले घट्न सक्छ भनेर चेतावनी दिएको छ । यसको सिधा अर्थ जलवायु परिवर्तनलाई बेवास्था गर्नु भनेको हाम्रो भावी समृद्धिलाई नै दाउमा राख्नु हो ।’
उनले विगत १५ वर्षमा बाढी र पहिरोका कारण ७ हजार भन्दा बढी घटनाले ३ हजार नागरिकको ज्यान लिएको र २० दशमल ५ अर्व भन्दा बढीको आर्थिक क्षति भएको तथ्य पनि उल्लेख गरिन् । ‘यो तथ्याङ्कले के देखाउँछ भने हामीले विकासका लागि विनियोजन गरेको बजेटको ठूलो हिस्सा राहत र पुर्ननिर्माणमा खर्च गर्न बाध्य छौँ,’ उहाँले भन्नुभयो, ‘यो चक्रलाई नतोडेसम्म हामी दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौँ ।’
उनले अब समाधानको बाटो खोज्नुपर्छ भन्दै जलवायु परिवर्तनलाई चुनौति मात्रै होइन अवसरका रुपमा पनि बुझ्नुपर्नेमा जोड दिइन् ।
उनले स्वदेशमै उत्पादित जलविद्युत प्रयोग गरेर विद्युतीय बस, मेट्रो, साइकल लेन र विद्युतीय भान्सालाई व्यापक बनाउनुपर्छ भन्दै त्यसले कार्बन उत्सर्जन घटाउनुका साथै पेट्रोलियम आयतमा हुने खर्बौ रुपैयाँ बचत गरीे अर्थतन्त्र बलियो बनाउनेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण