सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘आबाट आमा’ ले अहिलेसम्म कति गर्‍यो आम्दानी ?

शुक्रबार, ०१ फागुन २०८२, १८ : ५८
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ८ करोड ७२ लाख ग्रस कलेक्सन गर्दै आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो । पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेको समेत निर्माण पक्षले जनाएको छ । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ । देशभरका अधिकांश हलमा दर्शकको साथ छ’, निर्देशक पन्तले भने ‘अहिलेसम्म हाम्रो फिल्मले ८ करोड ७२ लाख भन्दा बढी कमाई गरिसकेको छ ।’ फिल्मले उठाएको आमा बुबा र छोराबिचको सम्बन्धको कथा सबैको रुचिमा परेको उनको भनाई रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत (गजनी भिलेन)का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतम लगायतको अभिनय छ ।

फिल्मलाई कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन्। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप