धितोबिना शैक्षिक ऋण: नेपाली विद्यार्थीका लागि विदेश अध्ययन सहज
सारांश
- अब नेपाली विद्यार्थीले जग्गा धितो नराखी अमेरिका र क्यानडाका विश्वविद्यालयमा पढ्न पाउने भएका छन्।
- एमपावर फाइनान्सिङले शैक्षिक योग्यता र आम्दानीको सम्भावना हेरेर ऋण दिने भएको छ।
- कम्पनीले विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित र एमबीए अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिनेछ।
काठमाडौँ । नेपाली विद्यार्थीहरू अब जग्गा–जमिन धितो राख्नुपर्ने बाध्यताबाट मुक्त हुँदै अमेरिका र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न सक्ने भएका छन् । वासिङ्टन डी.सी.स्थित एमपावर फाइनान्सिङले धितो वा अमेरिकामा आधारित जमानी बिना नै अधिकतम एक लाख अमेरिकी डलरसम्म (करिब १ करोड ४४ लाख रुपैयाँ) शैक्षिक ऋण उपलब्ध गराउन थालेपछि अन्तर्राष्ट्रिय शिक्षा अझ सहज बन्दै गएको हो ।
यसअघि बैंकहरूले उच्च मूल्यका सहरी सम्पत्ति धितो माग्दा ग्रामीण पृष्ठभूमिका धेरै प्रतिभाशाली विद्यार्थी विदेश अध्ययनबाट वञ्चित हुने अवस्था थियो । तर एमपावरको विद्यार्थी–केन्द्रित मोडेलले शैक्षिक योग्यता र भविष्यको आम्दानी सम्भावनालाई आधार बनाएर ऋण उपलब्ध गराउँदै आएको छ ।
एमपावरले अमेरिका र क्यानडाका ४०० भन्दा बढी विश्वविद्यालयसँग सहकार्य गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित तथा एमबीए अध्ययन गर्न चाहने विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ । कम्पनीले शैक्षिक ऋणसँगै करिअर काउन्सिलिङ र रोजगारी तयारीमा पनि सहयोग गर्दै आएको छ।
कम्पनीका अनुसार ऋण स्वीकृत भएपछि ब्याजदर १० वर्षसम्म स्थिर रहनेछ । विद्यार्थी छनोट गर्दा शैक्षिक उपलब्धि, टेस्ट स्कोर, कामको अनुभव र भविष्यको योजना मुख्य आधार मानिन्छ भने नयाँ विद्यार्थीका लागि क्रेडिट इतिहास अनिवार्य हुँदैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण