टी–२० विश्वकप
भारत–पाकिस्तान खेलको दिन कस्तो रहनेछ मौसम ? मौसम विभागद्वारा एडभाइजरी जारी
शनिबार, ०२ फागुन २०८२, ०० : ३२
सारांश
- आईसीसी टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित हुनसक्ने सम्भावना छ।
- श्रीलंकाको मौसम विभागले आइतबार कोलम्बोमा ५० देखि ६० प्रतिशतसम्म वर्षा हुने सम्भावना औंल्याएको छ।
- यसअघि बिहीबार वर्षा भइसकेको र शुक्रबार साँझदेखि शनिबार साँझसम्म पनि वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबिच आइतबार (फेब्रुअरी १५) हुने बहुप्रतिक्षित खेल वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । श्रीलंकाको मौसम विभागले उक्त दिनका लागि विशेष एडभाइजरी जारी गर्दै वर्षाको उच्च सम्भावना औँल्याएको हो ।
मौसम विभागका अनुसार बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकसित हुने संकेत देखिएकाले आइतबार कोलम्बोमा वर्षा हुने सम्भावना ५० देखि ६० प्रतिशतसम्म रहेको छ । यसले खेलको तालिका प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि पनि कोलम्बोमा बिहीबार वर्षा भइसकेको छ । साथै मौसम विभागले शुक्रबार साँझदेखि शनिबार साँझसम्म पनि वर्षाको सम्भावना रहेको जनाएको छ, जसले मैदानको अवस्था प्रभावित पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण