भ्यालेन्टाइन्स डेमा उपहारले मात्र होइन, यसरी जित्न सकिन्छ पार्टनरको मन
सारांश
- भ्यालेन्टाइन्स डेमा उपहार मात्र होइन, बानीबाटै पार्टनरलाई खुसी बनाउन सकिन्छ।
- पार्टनरलाई समय दिने, उनीहरूको तारिफ गर्ने र साना गल्तीमा माफी माग्न सिक्नुहोस्।
- सरप्राइज उपहार दिने र महत्त्वपूर्ण निर्णयहरूमा पार्टनरको सल्लाह लिने गर्नुहोस्।
भ्यालेन्टाइन्स डेमा मानिसहरू आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईँ साँच्चै नै आफ्नो पार्टनरलाई सधैँ खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः
आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईँले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् । व्यावसायिक जीवनमा जतिसुकै व्यस्त भएपनि समयमै घर पुग्नुहोस् । विकेन्डमा डेट लैजानुहोस् ।
पार्टनरको लुक, हेयरस्टाइल, बडी, कपडा र उनको कामको तारिफ गर्न सिक्नुहोस् । तपाईँले भनेका शब्द उनका लागि निकै महत्त्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र रु भनेर कहिले पनि नसोच्नुहोस् ।
सरी भन्न सिक्नुहोस्ः
जब तपाईँ रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् । यसमार्फत् यो पनि थाहा हुन्छ कि तपाईँ आफ्नो पार्टनरको भावनालाई कति सम्मान गर्नुहुन्छ ।
सरप्राइज गिप्ट किन्नुहोस्ः
कहिले काहीँ कुनै प्रसङ्ग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्त्वपूर्ण नभई यसमार्फत् तपाईँले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।
सल्लाह माग्नुहोस्ः
महत्त्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नुहोस्, कुराकानी गर्नुहोस् । जीवनको महत्त्वपूर्ण निर्णयमा उनलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण