सुनसरी र मोरङबाट ३ सय किलो गाँजासहित एक व्यक्ति पक्राउ
सारांश
- सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
- सशस्त्र प्रहरीले सुनसरीको देवानगंजबाट २८ केजी र मोरङको जहदाबाट २७५ किलो गाँजा बरामद गरेको छ।
- प्रहरीले गाँजा ओसारपसारमा संलग्न व्यक्ति र २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २८ केजी ६८० ग्राम गाँजा बरामद गरेको छ ।
सुनसरीको देवानगंज गाउँपालिका–४ र ५ स्थित सीमाबाट सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको जहदा गाउँपालिका–२ मधुमल्लाबाट पनि करिब २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई सो गाँजासहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण