माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा बुढाको मृत्यु भएको हो । बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको उनले जानकारी दिए ।
टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका र मृतक सत बुढाको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । आज दिउँसो करिब १ः०० बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खसेर उनीहरूलाई पुरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण