ला लिगा
ला लिगाः सेभिल्ला र आलाभेसबिचको खेल बराबरी
आइतबार, ०३ फागुन २०८२, ०१ : ३७
सारांश
- शनिबार राति सेभिल्ला र आलाभेसबीचको ला लिगा फुटबल खेल १-१ गोलको बराबरीमा सकियो।
- सेभिल्लाका जुआनलु सान्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भयो।
- आलाभेसका टोनी मार्टिनेजले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो, दुवै टोलीले २६-२६ अंक जोडे।
काठमाडौं । स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सेभिल्ला र आलाभेसबिच १–१ गोलको बराबरीमा सम्पन्न भएको छ ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाका लागि जिब्रिल सोले ४२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको १६औँ मिनेटमै सेभिल्लाका जुआनलु सान्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
सङ्ख्यात्मक रूपमा कमजोर अवस्थामा पुगेको सेभिल्लामाथि दबाब बढाउँदै आलाभेसले दोस्रो हाफमा बराबरी गोल फर्कायो । आलाभेसका टोनी मार्टिनेजले ६०औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याएका थिए ।
त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमै टुंगिएको हो ।
यस नतिजासँगै सेभिल्ला र आलाभेस दुवैले समान २६–२६ अंक जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण