ला लिगा
रियलको शानदार प्रदर्शन, बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुनरागमन
सोसिडाड ४–१ ले पराजित
आइतबार, ०३ फागुन २०८२, ०४ : ००
सारांश
- रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ४-१ ले पराजित गर्यो।
- गोन्जालो गार्सियाले रियलका लागि पहिलो गोल गरे, र भिनिसियस जुनियरले दुई गोल थपे।
- जितसँगै रियल मड्रिड ६० अंकसहित लिगको शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दोस्रोमा झर्यो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल सोसिडाडलाई ४–१ ले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलको जितमा गोन्जालो गार्सियाले खेलको ५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि मिकल ओयारजाबालले २१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
तर त्यसपछि खेलमा रियल हाबी बन्यो । भिनिसियस जुनियरले २५औँ र ४८औँ मिनेटमा पेनाल्टीमार्फत दुई गोल गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । फेडेरिको भाल्भेर्देले ३१औँ मिनेटमा अर्को गोल थपे ।
यस जितसँगै रियल मड्रिड ६० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोना ५८ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण