नेपाली सेनाको २६३ औँ वार्षिकोत्सव विशेष समारोहमा राष्ट्रपति सहभागी
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भए।
- समारोहमा नेपाली सेनाले विभिन्न कला, मार्चपास, र हतियार प्रदर्शन गरेको थियो।
- कार्यक्रममा राष्ट्रपतिले विभिन्न व्यक्तिहरूलाई पुरस्कार प्रदान गरे र विदेशी पाहुनालाई उपहार दिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाइँ तथा सैनिक कला प्रदर्शनी–२०८२ समारोहमा सरिक भएका हुन् ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे। समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल, मार्चपास तथा परम्परागत भेषभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गरे । उनले प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरे ।
उक्त कार्यक्रममा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्ने सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो । सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गरेको थियो । साथै, राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा आकर्षक कवाज प्रस्तुत गरेको थियो ।
सो समारोहमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण