जेलेन्स्कीले पुटिनलाई भने ‘दास’
आइतबार, ०३ फागुन २०८२, १२ : २४
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन् । जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले यस्तो बयान दिएका हुन् ।
पुटिन शक्ति बिना बाँच्नै नसक्ने अनि उनको पूर्ण ध्यान अहिले युक्रेनमाथि भएको पनि उनले बताए । जेलेन्स्कीले भने, ‘पुटिन सामान्य व्यक्ति जस्तै बाँच्दैनन् । उनी साधारण सडकमा हिँड्दैनन्, तपाईँले उनलाई क्याफेमा देख्नुहुने छैन...। उनी शक्ति बिना बाँच्ने कल्पना गर्न सक्दैनन् । उनलाई साधारण कुराहरूमा रुचि छैन ।’
पुटिनले युद्धको विचार त्याग्न नसक्ने पनि उनले भनेका थिए । ‘उनले आफूलाई जार (सम्राट्) मान्न सक्छन्, तर वास्तवमा उनी युद्धको दास हुन् ।’ जेलेन्स्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण