उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको बाचासम्म (पूर्णपाठसहित)
सारांश
- उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
- पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ।
- पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।
पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्यासमेत भारी कटौती गर्ने प्रस्ताव गरेको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । साथै, मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प दिने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
आर्थिक र सामाजिक क्षेत्रतर्फ पार्टीले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।
त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा र तोकिएको स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने, विद्यार्थीलाई ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण