मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सलमान खानले तिरिदिएका हुन् राजपालको ऋण ?

आइतबार, ०३ फागुन २०८२, १६ : ०९
आइतबार, ०३ फागुन २०८२

काठमाडौँ । यतिबेला बलिउड अभिनेता राजपाल यादव जेलमा छन् । उनी चेक बाउन्स मामिलामा जेलमा पुगेका हुन् । यस्तोमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनी जमानतमा रिहा भएको दाबी गरिएको छ । भाइरल भिडियोमा राजपाल यादवले सलमान खानको प्रशंसा गरिरहेका छन् ।

के छ भाइरल भिडियोमा ?

भाइरल भिडियोमा राजपाल यादवलाई मिडियासँग कुरा गरिरहेको देख्न सकिन्छ । जमानत पाएकोबारे के भन्न चाहनुहुन्छ भनेर सोध्दा उनले जवाफमा ‘सलमान भाइ' ठूलो दाजु जस्तै छन् । 

उनीसँग उनको घरमा बस्दा निकै खुसी छु । उद्योगमा सलमान खान जस्ता धेरै कम मानिसहरू छन् । उनी सधैँ मान्छेलाई मद्दत गर्छन् । मैले सलमानसँग १०–१२ वटा फिल्म गरेको छु । अहिले त म सहज महसुस गरिरहेको छु ।’

सलमान खानबारे यादवको प्रतिक्रियाको यो भिडियो पुरानो हो । यादवले चेक बाउन्स मुद्दाको सम्बन्धमा २०२६ को फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । त्यसबेलादेखि उनी जेलमा छन् । उनको जमानतसम्बन्धी याचिकाको सुनुवाइ फेब्रुअरी १२ मा दिल्ली उच्च अदालतमा भएको थियो । बहस सुनेपछि अदालतले फेब्रुअरी १६ सम्मको लागि सुनुवाइ स्थगित गरेको छ । अर्काे सुनुवाइ फेब्रुअरी १६ मा हुँदैछ ।

के हो मामिला ?

सन् २०१२ मा राजपाल यादवले ‘अता पता लापता’ नाम गरेको फिल्म निर्देशन गरेका थिए । उनकी श्रीमती यस फिल्मकी निर्माता थिइन् । राजपाल यादवले यो फिल्म बनाउन ५ करोड भारु ऋण लिएका थिए । यो ऋण बढेर अहिले ९ करोड भारु पुगेको छ । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । फलस्वरूप, राजपाल यादवले ठूलो घाटा बेहोर्नु पर्‍याे । 

उनले  ऋण पनि तिर्न सकेनन् । अदालतले उनलाई धेरै अवसर दियो । तर बारम्बार उनी ऋण चुक्ता गर्न चुकिरहे । यसपछि अदालतले उनलाई तिहाड जेलमा आत्मसमर्पण गर्न आदेश दियो । अदालतको आदेशको पालना गर्दै राजपाल यादवले फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप