३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
सारांश
- नेपाली सेनाले २६३औँ वार्षिकउत्सवमा सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रशंसा निशान प्रदान गर्यो।
- समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले गैरसैनिक तर्फ ३७ जनालाई प्रशंसा निशान प्रदान गरे।
- ७ जना पत्रकार, अवकाश प्राप्त सैनिक ८ जना र अन्य सुरक्षा निकायका ६ जनालाई प्रशंसा निशान दिइयो।
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकउत्सवमा सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेको छ । आइतबार सैनिक मञ्चमा आयोजित समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले गैरसैनिक तर्फ ३७ जनालाई प्रशंसा निशान प्रदान गरेका हुन् ।
७ जना पत्रकारलाई प्रशंसा निशान तथा कदर पत्र प्रदान गरिएको छ । प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित हुनेमा रातोपाटी डटकममा कार्यरत रक्षा संवाददाता राजेश भण्डारी, गोरखापत्र दैनिकमा कार्यरत मित्रलाल भण्डारी, सगरमाथा टेलिभिजनमा कार्यरत गजेन्द्र बस्नेत, फरक धारका सन्तोष आचार्य र कान्तिपुरमा कार्यरत विमल खतिवडा छन् ।
बहावलाला सैनिकतर्फ यसवर्ष ४ सय ९५ जनालाई प्रशंसा निशान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अवकाश प्राप्त सैनिक ८ जना र अन्य सुरक्षा निकायका ६ जनालाई प्रशंसा निशान प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशन (डीआईजी) पुरुषोत्तम थापा सहित अन्य सुरक्षा निकायका अधिकृतहरूलाई प्रधान सेनापतिले प्रशंसा निशान प्रदान गरेका हुन् ।
सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका गैरसैनिक व्यक्तिहरूलाई प्रशंसा निशान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण