बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
मन्थली । मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो ।
मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार रहेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण