मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ हुन बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको हाे ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हने बताए ।
उनले भने, “प्रतक्ष्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं, आज ४० दिनमै सकिँदैछ ।” आज छपाइ सम्पन्न पछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुने जानकारी दिए ।
दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिक तर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको जानकारी दिए ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण