निर्देशक विशाल भारद्वाजले यसअघि किन बनाएनन् नाना पाटेकरसँग फिल्म ?
सारांश
- फिल्म 'ओ रोमियो' ले बक्स अफिसमा मिश्रित प्रतिक्रिया पाइरहेको छ।
- निर्देशक विशाल भारद्वाजले नाना पाटेकरसँगको सम्बन्ध र पहिलो पटक काम गर्दाको अनुभवबारे खुलासा गरे।
- फिल्ममा शाहिद कपुर, तृप्ति डिमरी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ।
मुम्बई । फिल्म ‘ओ रोमियो’ ले बक्स अफिसमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । फेब्रुअरी १३ मा रिलिज भएको यो फिल्म प्रचारका लागि निर्देशक विशाल भारद्वाज, अभिनेता शाहिद कपुर, तृप्ति डिमरी, अविनाश तिवारी र फरीदा जलाल हालै ‘द ग्रेट इन्डियन कपिल शो’ मा पुगेका थिए ।
शोका क्रममा निर्देशक विशाल भारद्वाजले दिग्गज अभिनेता नाना पाटेकरसँगको आफ्नो सम्बन्ध र पहिलो पटकसँगै काम गर्दाको अनुभवबारे रोचक खुलासा गरेका छन् । फिल्म ‘ओ रोमियो’ मा नाना पाटेकरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
दुई दशकभन्दा लामो चिनजान भए पनि विशालले नानासँग पहिलो पटक काम गरेका हुन् । त्यस विषयमा कपिलले ‘यति ढिलो किन ?’ भन्ने प्रश्न राखेका थिए । जसमा विशालले भने, ‘वास्तवमा यो मेरो गल्ती हो । मैले कहिल्यै उनी सुहाउँदो भूमिका लिएर गइनँ । सबैजना नाना पाटेकरसँग डराउँछन्, जबकि उनी निकै नरम मनका मानिस हुन् ।’
विशालले आफूसँग काम नगरेकोमा नाना रिसाएको बताउँदै भने, ‘उनी मलाई आफू एक कलाकार भएको सम्झाउँथे र कहिले कास्ट गर्ने भनेर सोधिरहन्थे । अन्ततः हामीले सँगै काम गर्यौँ ।’
विशाल भारद्वाजको निर्देशन र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको निर्माणमा बनेको ‘ओ रोमियो’ मा शाहिद कपुर, तृप्ति डिमरी, नाना पाटेकर, फरीदा जलाल, विक्रान्त मेस्सी, दिशा पाटनी र तमन्ना भाटिया लगायतका कलाकारको अभिनय छ ।
फिल्मले सुरुवाती दुई दिनमा भारतीय बक्स अफिसमा २३.५१ करोड भारु कलेक्सन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण