गुर्जुधाराबाट लागुऔषधसहित महिला पक्राउ
२ लाख ६२ हजार बरामद
सोमबार, ०४ फागुन २०८२, ११ : ४०
सारांश
- चन्द्रागिरिबाट लागुऔषध सहित एक महिला पक्राउ परेकी छिन्।
- प्रहरीले उनको डेराबाट ५ केजी गाँजाको धुलो र २५० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ।
- प्रहरीले उनको डेराबाट २ लाख ६२ हजार नगद पनि बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड) र ट्रामाडोल सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारामा डेरामा बस्ने ५६ वर्षीया सञ्च माया तामाङ छिन् ।
प्रहरी प्रभाग बलम्बुकी इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टिमले आइतबार उनको डेरामा खानतलासी गर्दा ५ केजी गाँजाको धुलो (पोल्यान्ड) जस्तो पदार्थ र २५० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
प्रहरीले उनको डेराबाट २ लाख ६२ हजार नगद पनि बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण