‘रमिताको पिरती’को बक्स अफिस कलेक्सन २० लाख पनि पुगेन
सोमबार, ०४ फागुन २०८२, १५ : ०६
काठमाडौँ । फिल्म ‘रमिताको पिरती’ले निकै कमजोर व्यापार गरेको बक्स अफिसले देखाएको छ ।
फिल्म एक सातामा २० लाख रुपैयाँसमेत कमाउन असफल देखिएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको शनिबारसम्मको बक्स अफिस कलेक्सनका अनुसार फिल्मको आम्दानी १९ लाख ४३ हजार ५८८ ग्रस कलेक्सन छ । यो अवधिमा फिल्मको टिकट ५ हजार ९३७ वटा बिक्री भएका छन् ।
‘रमिताको पिरती’ सुदीप्ता अधिकारीले निर्देशन गरेकी हुन् ।
ब्रेकअपको कथामा बनेको फिल्मले विशेषगरी युवापुस्तामा देखिने प्रेम, धोका र ब्रेकअपपछिको मानसिक अवस्थालाई महिलाको दृष्टिकोणबाट प्रस्तुत गरेको छ । फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ लगायतको अभिनय छ ।
सागर लम्साल निर्माता रहेको फिल्ममा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण