युक्रेनका पूर्वऊर्जामन्त्री मनी लन्ड्रिङ आरोपमा संदिग्ध
किभ । युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्कोलाई उच्च प्रोफाइल मनी लन्ड्रिङ अनुसन्धानमा सोमबार औपचारिक रूपमा संदिग्धका रूपमा नाम दिइएको छ । यस घोषणा गर्नुअघि उनलाई युक्रेन छोड्ने प्रयास गर्ने क्रममा कानून कार्यान्वयन निकायले हिरासतमा लिएको थियो ।
यो घटना गत वर्षको ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचार काण्डको पछिल्लो घटनाक्रम हो, जसले सरकारलाई ठूलो चुनौती दिएको थियो । युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरोद्वारा जारी विज्ञप्तिअनुसार, गलुशेन्कोलमाथि मनी लन्ड्रिङ र आपराधिक सङ्गठनमा संलग्नताको आरोप लागेको छ ।
यद्यपि विज्ञप्तिमा नाम स्पष्ट उल्लेख नगरिए पनि उनले सन् २०२१ देखि २०२५ सम्म देशको ऊर्जा मन्त्रीका रूपमा काम गरेका थिए । युक्रेनको फौजदारी कानूनअनुसार यस्ता अभियोगमा १५ वर्षसम्म जेल सजाय हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले नोभेम्बरमा ऊर्जा पूर्वाधारको सुरक्षा कार्यका लागि ठेकेदारहरूबाट एक करोड डलरभन्दा बढी किकब्याक (अवैध वा अनधिकृत रूपमा फाइदा लिनको लागि रकम वा सुविधा फिर्ता पाउने प्रक्रिया) योजनामा गलुशेन्को संलग्न रहेको आरोप लगाएका थिए ।
थप रूपमा उनका परिवारसँग सम्बन्धित बैंक खातामा करिब एक करोड २० लाख डलर फेला परेको विवरण पनि प्रस्तुत गरिएको छ । गलुशेन्कोले अदालतमा आफ्नो बचाउ गर्ने वाचा गरेका छन् ।
गलुशेन्को युक्रेनको उच्च राजनीतिक व्यक्तित्वमध्ये एक थिए, जसले घोटालाको पृष्ठभूमिमा राजीनामा दिए । अनुसन्धानकर्ताहरूले यस योजनामा राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका नजिकका सहयोगीहरू पनि संलग्न भएको आरोप लगाएका छन् ।
जेलेन्स्की सन् २०१९ मा भ्रष्टाचार उन्मूलन गर्ने वाचा गर्दै सत्तामा आएका थिए र केही सुधारहरू पारित गरिए पनि रक्षा मन्त्रालयभित्र समेत ठूला भ्रष्टाचार घोटालाहरूको सामना गर्नुपरेको थियो ।
युरोपेली सङ्घ (इयु) ले युक्रेनलाई सदस्यता दिनुअघि भ्रष्टाचार हटाउन व्यापक सुधारहरू गर्नुपर्ने माग गर्दै आएको छ । गलुशेन्कोमाथिको अनुसन्धानले युक्रेनमा राजनीतिक र प्रशासनिक पारदर्शिताको चुनौतीलाई फेरि उजागर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण