एनकेएलको दोस्रो सिजन आगामी जेठमा
काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । उक्त लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए ।
उनले भने, “गत वर्ष पहिलो संस्करण कल्पना गरेभन्दा राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यावसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । जुन सङ्ख्या गत वर्षभन्दा करिब दोब्बर रहेको यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको आयोजकले जनाएको छ ।
प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विकास अग्रवालले एनकेएल रु १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।
एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टिभी एचडीसँग सम्झौता पनि गरेको छ । सम्झौतापत्रमा एस्ट्रोनिक्सका सीइओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गरे । सम्झौताअनुसार एनकेएल सिजन २ का खेलहरू कान्तिपुर म्याक्स टिभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
पहिलो सिजनमा छ सहरका छ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडौँमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण