जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए ।
कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको सङ्ख्या धेरै भएन”, प्रवक्ता बुढाथोकीले भने ।
उगले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिए । जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ ।
उनका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण