जुम्लामा आइपुग्यो मतपत्र
सोमबार, ०४ फागुन २०८२, २२ : ३१
जुम्ला । हिमाली जिल्ला जुम्लामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र आज आइपुगेको जानकारी दिए ।
जिल्लामा ७१ हजार ७३९ मतदाता कायम छन् । निर्वाचन आयोगले मतदाताभन्दा १० प्रतिशत मतपत्र बढी पठाएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताए । निर्वाचनका लागि जुम्लामा ६५४ कर्मचारी खटिने जनाइएको छ ।
जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण