कास्कीमा २ वटा अस्थायी मतदान केन्द्र, कैदीबन्दी र कर्मचारीले भोट दिन पाउने
सारांश
- कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।
- यी केन्द्रहरू कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि निर्धारण गरिएको हो।
- अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन्।
पोखरा । कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू निर्धारण गरिएको हो ।
प्रदेश निर्वाचन कार्यालय कास्कीका अनुसार, जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र तोकिएको हो । कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिएको हो भने जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए ।
कास्की जिल्लामा करिब २ हजार ९ सय जना अस्थायी मतदाता रहेको तथ्याङ्क छ । अस्थायी मतदाता नामावली स्वीकृत भइसकेको ढकालले जानकारी दिए । ‘जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शतप्रतिशत हुने देखिन्छ,’ उनले भने, ‘तर जिसस कार्यालयमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने अनुमान छ ।
किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएकै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।’ निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ ।
अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन् । उनीहरूलाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण