नेपाल लाइफको नारी सुरक्षा योजना सार्वजनिक, गर्भावस्थाको जटिलतामा समेत विशेष सुविधा
सारांश
- नेपाल लाइफ इन्स्योरेन्सले नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गर्यो, जसले महिलाको जीवन, स्वास्थ्य र आर्थिक सुरक्षालाई जोड दिन्छ।
- यस योजनामा गर्भावस्था स्याहार र जटिलतासम्बन्धी सुविधा समावेश गरिएको छ, जसअन्तर्गत बीमितले नगद र स्वास्थ्य सेवा पाउनेछन्।
- १८ देखि ६५ वर्ष उमेर समूहका महिला सहभागी हुन सक्ने यस योजनाले आर्थिक आत्मनिर्भरता र सुरक्षाको लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर नेपाली बीमा बजारमा पहिलोपटक ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना बहु-लाभ’ भन्ने नाराका साथ ल्याइएको यो योजना महिलाहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार पारिएको हो।
यस योजनाको सबैभन्दा विशिष्ट पक्ष भनेको नेपाली बीमा क्षेत्रमै पहिलोपटक समावेश गरिएको गर्भावस्था स्याहार र गर्भावस्थाको जटिलता सम्बन्धी पूरक करार सुविधा हो। यस बीमा योजनाअन्तर्गत बीमित महिलाले हरेक वर्ष बीमालेखको वार्षिकोत्सवमा निश्चित नगद सुविधा प्राप्त गर्नेछन्।
साथै, यसमा 'वृद्धिशील मृत्यु लाभ' को व्यवस्था गरिएको छ, जसअनुसार बीमितको मृत्यु भएमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतका दरले वृद्धि हुँदै जान्छ। १८ वर्षदेखि ६५ वर्षसम्मका महिलाहरू सहभागी हुन सक्ने यस योजनाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
विशेषगरी मातृत्वलाई ध्यानमा राख्दै कम्पनीले गर्भावस्थाको समयमा हुने ११ वटा गम्भीर जटिलताहरूमध्ये कुनै एक पुष्टि भएमा १ लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराउनेछ। यसैगरी, गर्भावस्था स्याहार सुविधाअन्तर्गत गर्भवती भएको प्रमाणित भएपछि स्वास्थ्य सेवाका लागि थप १० हजार रुपैयाँ प्रदान गरिनेछ।
न्यूनतम २ लाख ५० हजार रुपैयाँ बीमाङ्कबाट सुरु गर्न सकिने यो योजनामा दुर्घटना मृत्यु लाभ, पूर्ण अशक्तता सुविधा र बीमाशुल्क छुट जस्ता ऐच्छिक सुविधाहरू समेत उपलब्ध छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण