बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
समाचार

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

मङ्गलबार, ०५ फागुन २०८२, १५ : ३५
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । 

त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप