रास्वपा छाडेर कांग्रेस गएका दीपकलाई गगनले दिए यस्तो जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीका दीपक महतोलाई सो पार्टीका सभापति गगन थापाले जिम्मेवारी तोकेका छन् ।
सभापति थापाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई कांग्रेसप्रति माहोल बनाउनका लागि राजनीतिक समन्वय गर्ने जिम्मेवारी महतोलाई दिएका हुन् ।
सभापति थापाद्वारा जारी पत्रअनुसार महतोलाई फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि विभिन्न क्षेत्रमा रहेका उम्मेदवारहरूसँग आवश्यक सहकार्य, रणनीतिक पहल तथा चुनावी वातावरण निर्माणको जिम्मेवारी दिइएको छ ।
साथै अन्य राजनीतिक धार र वैकल्पिक राजनीतिमा संलग्न व्यक्ति तथा समूहसँग संवाद गरी नेपाली कांग्रेसको पक्षमा सकारात्मक माहोल सिर्जना गर्नुपर्ने जिम्मेवारी समेत तोकिएको छ ।
डा.बाबुराम भट्टराईको साथ छाडेर रास्वपामा प्रवेश गरेका महतो सर्लाही–३ मा चुनाव लड्ने तयारी गरिरहेका थिए । तर अन्तिम समयमा उनलाई टिकट नदिएर नरेन्द्र साहलाई दिएपछि उनले विद्रोह गरेका थिए ।
टिकट वितरण गर्ने दिन उनी पार्टीको विरुद्धमा नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो । पछि उनी रास्वपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण