तीन महिनापछि बल्यो सामागाउँमा बिजुली
गोरखा । तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन् । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ स्थित यी दुई गाउँमा हालसम्म मोटरबाटो पुगेको छैन ।
“धेरै सकस व्यहोरेर बल्लतल्ल आयोजना मर्मत गरियो”’, अध्यक्ष लामाले भने, “भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो ।” मोटरबाटो नपुगेको सो गाउँमा हेलिकप्टरबाट उपकरण ढुवानी गरेर मर्मत गरिएको उनको भनाइ छ ।
सामागाउँका वडाअध्यक्ष कर्मा छेवाङले ल्होसारमा बत्ती बाल्न पाउँदा गाउँले रमाएको प्रतिक्रिया दिए । चुमनुब्री– १ सामागाउँ र साम्दोका करिब ३०० घरपरिवारका लागि कादुरी नामक संस्थाले पाँच वर्षअघि सामागाउँ जलविद्युत् आयोजनाबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण