‘बिगुल’को प्रदर्शन स्थगित
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको छ ।
‘निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सम्बन्धितको निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कन पश्चात् यो निर्णय लिइएको हो’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘नयाँ रिलिज डेट चाँडै घोषणा हुनेछ ।’ निर्माण युनिटले यसबाट पर्न गएको असुविधाप्रति सबैसँग क्षमा माग्दै फिल्मलाई प्रत्यक्ष गएर हेरिदिनुभएका आमदर्शक, कलाकार, प्राविधिक, पत्रकार, अतिथिज्यू सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
रमेश कोइराला निर्देशित फिल्म कांग्रेस नेता दिनेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा फिल्ममा बेनिशा हमाल, नरेन खड्काको शीर्ष भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण