सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत जिल्ला प्रहरी कार्यालयले उठायाे नौ लाख उनान्चालिस हजार राजस्व

बुधबार, ०६ फागुन २०८२, ०९ : ५९
बुधबार, ०६ फागुन २०८२

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप