मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सलमानका पिता सलीम खान भेन्टिलेटरमा

बुधबार, ०६ फागुन २०८२, १३ : ४१
बुधबार, ०६ फागुन २०८२

सारांश

  • बलिउड अभिनेता सलमान खानका पिता सलीम खानको स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ।
  • उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका ९० वर्षीय खानको मस्तिष्कमा रगत जमेको पाइएको छ।
  • सलीम खान 'सलीम-जावेद' को जोडीका रूपमा चिनिन्छन् र उनले भारतीय सिनेमामा महत्त्वपूर्ण योगदान दिएका छन्।

मुम्बई । बलिउड सुपरस्टार सलमान खानका पिता तथा प्रख्यात पटकथा लेखक सलीम खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ। 

उच्च रक्तचापको समस्या देखिएपछि मंगलबार बिहान मुम्बईको लीलावती अस्पताल भर्ना गरिएका ९० वर्षीय खानको मस्तिष्कमा रगत जमेको र ब्लिडिङ भएको रिपोर्टमा उल्लेख छ।

अस्पताल प्रशासनका अनुसार उनलाई मंगलबार बिहान साढे ८ बजे आपत्कालीन वार्डमा ल्याइएको थियो। अहिले न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट सहितको विशेषज्ञ टोलीले उनको उपचार गरिरहेको छ। 

परिवारको अनुमतिपछि आज उनको औपचारिक मेडिकल बुलेटिन जारी गर्ने तयारी भइरहेको छ। पिताको स्वास्थ्य बिग्रिएपछि अभिनेता सलमान खान सुटिङ छाडेर अस्पताल पुगेका छन् भने सञ्जय दत्त, जावेद अख्तर र अरबाज खान पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सन् १९६० को दशकमा अभिनयबाट करियर सुरु गरेका सलीम खानले पछि लेखनमा आफ्नो पहिचान बनाएका हुन्। ‘सलीम–जावेद’ को जोडीका रूपमा उनले शोले, जञ्जीर, दीवार र डन जस्ता कालजयी फिल्महरूको कथा लेखेर भारतीय सिनेमाको धार नै परिवर्तन गरिदिए। 

बलिउडमा लेखकहरूलाई पनि स्टारको जस्तै सम्मान र पहिचान दिलाउन उनको ठुलो योगदान मानिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप