१९ जना उम्मेदवारले लिए बैंक खाता खोल्ने सिफारिस
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरुले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोवारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन भने एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरु कार्यालय आउन थालेका हुन । उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउने क्रम बढ्दो छ ।”
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरुले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
यस्तै जिल्लामा रहेका ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । श्रेष्ठका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र आठ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरुले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।
यसैबिच प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामग्रीहरु निर्वाचन कार्यालयमा आउन थालेका छन् । आयोगले जिल्ला निर्वाचन कार्यालयहरुा सामग्री पठाउन सुरु गरेको हो । चितवनमा एक हजार २५० मतपेटिका आईपुगेको श्रेष्ठले जानकारी दिनुभयो । अब निरन्तर रुपमा निर्वाचनका सामग्री आउने उनले जानकारी दिए।
जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण