एन्फाको निर्वाचन प्रक्रिया स्थगित गर्न निर्वाचन आयोगको निर्देशन
सारांश
- निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ।
- आयोगले अदालतमा विचाराधीन विषय र कानुनी व्यवस्थालाई ध्यानमा राख्न भनेको छ।
- आयोगले एन्फालाई कानुन र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ, अन्यथा कारबाही हुने चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक पत्र जारी गर्दै एन्फाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्न भनेको हो । आयोगका अनुसार यसअघि पनि एन्फालाई निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न पत्राचार गरिएको थियो ।
पत्रमा अदालतमा विचाराधीन विषय र प्रचलित कानुनी व्यवस्थालाई ध्यानमा राख्दै निर्वाचनसम्बन्धी कार्यक्रम अघि नबढाउन भनिएको छ । आयोगले एन्फालाई प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न पनि निर्देशन दिएको छ ।
निर्देशनको अवज्ञा गरे प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।
उक्त पत्रको बोधार्थ मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूलाई समेत पठाइएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण