सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘वर्तमान संविधान निर्माणको जग २००७ सालको क्रान्ति थियो’

बिहीबार, ०७ फागुन २०८२, ०८ : ५७
बिहीबार, ०७ फागुन २०८२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विक्रम संवत् २००७ सालको क्रान्ति भएको बताएका छन् ।आज राष्ट्रिय प्रजातन्त्र, दिवस, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले २००७ सालकै क्रान्ति जगमा वर्तमान संविधान बनेको बताएका हुन् ।

‘राज्य शक्तिको स्रोत जनता मात्र हुन र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण छ,’ उनले भने,‘आजको यस दिनले नागरिक अधिकारको महत्त्व स्थायी बनाउने र हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दे नागरिकका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

कँडेलले प्रजातन्त्र केवल शासन व्यवस्था मात्र नभएर जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र सामाजिक न्यायको आधार भएको पनि उल्लेख गरेका छन् ।

विगतका सङ्घर्षले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आएको उनले बताए ।‘अब हाम्रो दायित्व भनेको प्राप्त उपलब्धिलाई संस्थागत गर्दे सुशासन, पारदर्शिता, विकास र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्नु हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप