खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य
काठमाडौँ । नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीहरूलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले बिहीबार सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा यस्तो उल्लेख गरिएको छ ।
प्रतिज्ञापत्रमा भनिएको छ ‘गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौँ ।’
पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरूको विदेश पलाएन भइरहेकोतर्फ सचेत रहँदै नेपालको खेलकुद विकासमा यसले सार्थकता प्रदान गर्ने अपेक्षा आम खेलप्रेमीले गरेका छन् ।
विश्वका अन्य देशहरूमा बाहिरका खेलबाडीहरूले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो तेस्रो पुस्ताका युवा खेलबाडीहरूले देशको प्रतिनिधित्व गर्न पाएका छैनन् ।
यसका लागि विद्यमान खेलकुद विकास ऐन पनि संशोधन गर्नु पर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा स्पष्टसँग लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण