गौरमा यात्रुवाहक बस दुर्घटना
शुक्रबार, ०८ फागुन २०८२, १३ : ११
सारांश
- रौतहटको गौरमा यात्रुवाहक बस दुर्घटना हुँदा बसको अगाडिको भागमा क्षति पुगेको छ।
- दुर्घटनामा बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो, तर सबै यात्रु सुरक्षित छन्।
- प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको अनुमान छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटको गौर नगरपालिकास्थित पावर हाउसनजिक आज एक यात्रुवाहक बस दुर्घटना भएको छ। गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो।
दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ। बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन्। केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ।
घटना भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। बसमाथि बिजुलीको तार खस्न सक्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गराइएको थियो।
प्रारम्भिक रूपमा तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण