अवैध उत्खनन्मा संलग्न ५ जना पक्राउ
सारांश
- कैलालीको चुरे गाउँपालिकामा अवैध रूपमा ढुंगा र गिट्टी उत्खनन गरिरहेका ५ जना पक्राउ परेका छन्।
- वन कार्यालयको टोलीले एक्साभेटरसहित नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ र कारबाहीको चेतावनी दिइएको छ।
धनगढी । कैलालीको चुरे गाउँपालिका–४ स्थित अधेरी खोलाबाट अवैध तवरले ढुंगा र गिट्टी निकालिरहेका ५ जनालाई वन कार्यालयको टोलीले पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले एक्साभेटर लगाएर नदीजन्य पदार्थ दोहन गरिरहेको बेला उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उत्खनन तथा ढुवानीमा प्रयोग भएका भ्याकु लोडर, टिपप्पर र ट्याक्टरका चालकहरू रहेका छन्। वन कार्यालयका अनुसार घटनास्थलबाट ३ वटा टिप्पर, १ वटा ट्याक्टर र एउटा भ्याकु लोडर जफत गरिएको छ। हाल उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
कुनै पनि वातावरणीय अध्ययन र अनुमतिबिना यसरी खोला दोहन गर्नु गैरकानुनी भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए। उनका अनुसार वन ऐनअन्तर्गत यस्तो कसुरमा संलग्न हुनेलाई बिगोको आधारमा जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ।
यसका साथै, सोही क्षेत्रमा रुख कटान र काठको अवैध ओसारपसारसमेत भइरहेको प्रारम्भिक सूचना प्राप्त भएको वन कार्यालयले जनाएको छ। चुरे विनाश रोक्न गस्ती र निगरानी बढाइएको भन्दै कार्यालयले यस्ता अवैध गतिविधिमा संलग्न जो कोहीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण