कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने
सारांश
- नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ।
- सभापति गगन थापा, उपसभापतिलगायतका नेताहरूले सभालाई सम्बोधन गर्नेछन्।
- पार्टीले यसअघि जनकपुर र काठमाडौंमा कार्यक्रम गरिसकेको छ, अन्य प्रदेशमा पनि तयारी हुँदैछ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए ।
त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए ।
फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो ।
अन्य प्रदेशमा पनि ठुला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुङ्गिने प्रवक्ता चालिसेले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण