त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक समातिए
सारांश
- त्रिभुवन विमानस्थलबाट गाँजा तस्करी गर्न खोज्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा समिना अख्तर बेग मिर्जा, मोहम्मद जुनैद र अफसाना आमिर हुसैन शेख रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट ११ किलो २ सय ७० ग्राम गाँजा बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा तस्करी गर्न खोज्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २ सय ७० ग्राम गाँजा जस्तो देखिने वस्तुसहित उनीहरूलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया समिना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसैन शेख रहेका छन्। विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार मोहम्मद जुनैद र समिना अख्तरको साथबाट ३ किलो ८ सय ७० ग्राम तथा अफसानाको साथबाट ७ किलो ४ सय ग्राम गाँजा बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण