रौतहटमा यात्रुवाहक बस दुर्घटना अपडेट : ९ जना घाइते
सारांश
- रौतहटको गौरमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
- दुर्घटना गौर–चपुर सडक खण्डमा बस अनियन्त्रित भई विद्युत पोलमा ठोक्किएर भएको हो।
- घाइतेहरुको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट । सदरमुकाम गौरमा यात्रुवाहक बस दुर्घटना भएको छ। शुक्रबार बिहान करिब ११:३० बजे गौर–चपुर सडक खण्डमा दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको समयमा बसमा करिब ४० जना यात्रु सवार थिए। जसमा ९ जना घाइते भएका छन् ।
घाइतेहरूमा रौतहट गढीमाई नगरपालिका–१ का ३२ वर्षीय रञ्जय यादव, यमुनामाई गाउँपालिका–३ का ४२ वर्षीय विनोद बैठा, गरुडा नगरपालिका–४ का २६ वर्षीय निरज कुमार गुप्ता, बारा कलैया उपमहानगरपालिका–१ का ३० वर्षीय नुर महम्मद, हेटौंडा उपमहानगरपालिका–४ की ४२ वर्षीया सुनिता केशरी, भारत सितामढी जिल्लाका ६० वर्षीय लसिभ सहनी, मकवानपुर भारत गमडिया जिल्लाका ४४ वर्षीय देव नारायण बैठा, २० वर्षीय सुभम कुमार बैठा र भारत शिवहर जिल्लाका ५५ वर्षीय ललन साह रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ भने केही घाइतेलाई थप उपचारका लागि आँखा अस्पताल पुरेनवा र वीरगंजतर्फ रेफर गरिएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बस चालक चन्द्रपुर नगरपालिका–८ निवासी २४ वर्षीय रिजवान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ र जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भइरहेको छ। घटनाको कारणले सडक अवरुद्ध भने नभएको प्रहरीले जानकारी दिएको छ। अन्य यात्रुहरू भने आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण