२० क्षेत्र समेट्दै विष्णु पौडेलद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरे।
- उनले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रको विकासलाई जोड दिएका छन्।
- पौडेलले मोतीपुर औद्योगिक क्षेत्र, बुटवल धागो कारखाना र बुटवल औद्योगिक क्षेत्रको विकास गर्ने योजना बनाएका छन्।
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
२०६४ सालदेखि लगातार यही क्षेत्रबाट जित्ने आएका पौडेलले यहाँको विकासका लागि २० वटा क्षेत्र समेटेर तयार पारेको प्रतिबद्धता पत्र आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।
'सबल आर्थिक केन्द्र, साझा फूलबारी, समृद्ध रुपन्देही – हाम्रो जिम्मेवारी' भन्ने नारासहित जारी प्रतिबद्धता पत्रमा रुपन्देहीको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आयआर्जन वृद्धि, राष्ट्रिय राजमार्ग, पुल तथा स्थानीय सडक सञ्जालमा जोड दिइएको छ।
उनले हाल सञ्चालनमा रहेका परियोजनाहरू निरन्तरता दिँदै नयाँ केही थप्ने योजना पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्। विगतमा आएका झुस्सा खानेपानी आयोजना, सुकुम्वासी र अवस्थिति नभएका बसोबासी क्षेत्रको नापजाँच गरी जग्गा धनीलाई लालपुर्जा वितरण गर्ने कार्य पनि यसमा समावेश छ।
पौडेलले रुपन्देहीको भौतिक पूर्वाधार, औद्योगिक लगानी, पर्यटन र सहरी विकासका क्षेत्रमा संरचनात्मक फड्को मार्ने योजना सार्वजनिक गरेका छन्। मोतीपुर औद्योगिक क्षेत्र पुनः नक्सांकन गरी क्षेत्र घटाएर भए पनि औद्योगिक क्षेत्र स्थापना गर्ने, बुटवल धागो कारखाना लाई निजी साझेदारी मोडलमा आधुनिक प्रविधिसहित सञ्चालनमा ल्याउने, र बुटवल औद्योगिक क्षेत्र को क्षमता विस्तार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
यस्तै, तिनाउ सिग्नेचर पुल, तिनाउ–दानव कोरिडोर, बुटवल खानेपानी आयोजना को पूर्णतामा विशेष जोड दिइएको छ भने काली गण्डकी–तिनाउ डाइभर्सन प्रक्रिया अगाडि बढाउने योजनासमेत पत्रमा समावेश गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण