‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
काठमाडाैँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । संविधान निर्माणको एक दशक बित्दा समेत संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण हुन नसकेको उनको भनाइ छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण राजनीतिक दल र निर्वाचनपवछि बन्ने सरकारको प्राथमिकता हुनुपर्ने बताए । उनले संविधानमा उल्लेखित प्रावधानहरू नै प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्थामा दलहरूले घोषणापत्रमा गरेका प्रतिवद्धता कार्यान्वयन हुनेमा जनताले प्रश्न उठाउनु स्वाभाविक भएको धारणा समेत राखे । उनले संविधान कार्यान्वयनको पहिलो शर्त आवश्यक कानून निर्माण भएको उल्लेख गर्दै संविधान प्रवर्द्धन गर्नु समेत दलहरुको प्राथमिकतामा पर्नुपर्ने बताए ।
उनले संविधान कार्यान्वयनमा देखिएका समस्याको गहिरो अध्ययन गर्नु जरुरी रहेको समेत बताए । दाहालले राजनीतिक दलहरूले समयमै संविधान कार्यान्वयनको स्पष्ट योजना ल्याएको भए अहिले घोषणापत्रमार्फत पुनः प्रतिवद्धता दोहाेर्याउनुपर्ने अवस्था नआउने जिकिर गरे ।
उनले अधिकांश दलले चुनावी घोषणापत्रमा सुशासन कायम गर्ने उल्लेख गरेपनि लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूले विगतमा किन सुशासन कायम गर्न नसके भन्ने विषयमा जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण