तातोपानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत वितरण
सारांश
- जुम्लाको तातोपानी गाउँपालिकाले आगलागी पीडित परिवारलाई राहत वितरण गर्यो।
- आगलागीबाट घरबारविहीन भएका परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका सामग्री प्रदान गरियो।
- आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जुम्ला । जुम्लाको तातापानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत प्रदान गरेको छ । जिल्लाको तातोपानी गाउँपालिका–८ स्थित बङ्तडी गाउँका आगलागी पीडितलाई उक्त गाउँपालिकाले राहत सहयोग वितरण गरेको हो ।
आगलागीबाट पूर्ण घर जलेर घरविहीन भएका सो वडाका आगलागी पीडित सन्देशकुमार शाहीको परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए ।
दैनिक छाक टार्नेसम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको छ । राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, पाल, मसला, कम्बल, बाल्टिन र पीडित परिवारका सदस्यलाई लगाउने लत्ताकपडा जग लगायतका सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष चौलागाइँको भनाइ छ ।
साथै खाना पकाउने ग्यास उपलब्ध गराइएको छ । बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको थियो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति हुनबाट बचेको अध्यक्ष चौलागाइँले जानकारी दिए ।
आगलागीबाट नौ कोठे घर पूर्णरूपमा नष्ट भएको छ । घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको पीडित सन्देशकुमार शाहीले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण